प्रदेश २ आज पनि सार्वजनिक बिदा

 काठमाडौं ।  प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इद सहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो ।

बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.