माओवादी आगामी चुनावमा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आगामी निर्वचनमा माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन् । 

बिहीबार डोल्पा सदरमुकाम दुनैमा कार्यकर्तासँग भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे पहिलो पार्टी हुने बताएका छन् । अध्यक्ष प्रचण्ड , कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत,अर्थमन्त्री जर्नादन शर्मा र पूर्वशान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पामा बुधबार पुगेका थिए । 

शान्ति प्रक्रियामा आएलगत्तै माओबादीले पहिलो दल भएको भन्दै अब आउने निर्वाचनमा गठबन्धन कै सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृतिलाई हराउने बताए।

अध्यक्ष प्रचण्ड , कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत ,अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पामा बुधबार पुगेर आज सदरमुकाम दुनै पुगेका हुन्। डोल्पा पुगेको माओवादी सबै नेताहरुले जिल्लामा शसक्त रुपमा लाग्न र माओबादी पार्टी बलियो बनाउन समेत आग्रह गरेका थिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.