किरण, बाबुराम, विप्लवलगायतसँग अंकमाल गर्न आतुर छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू बाबुराम भट्टराई र नेकपा विप्लव,किरणलगायतसँग अंकमाल गर्ने प्रतिक्षामा रहेको बताएका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा प्रचण्डले यस्तो बताएका छन् । 

पार्टी छोडेर हिँडेका नेताहरु फर्केर आउने विश्वास व्यक्त गरेका छन् । ‘बाबुराम, किरण, विप्लव लगायतका नेताहरुलाई अंकमाल गर्ने दिनको प्रतिक्षामा छु,’उनले भने, ‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । उ नफर्किएसम्म बुवाआमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.