काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीमा ह्वात्तै आकर्षण बढेको बताएका छन् ।
शुक्रबार राजधानी काठमाडौंमा भएको स्थायी कमिटीलाई ब्रिफिङका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘हामीले पार्टी गठन गरिसकेपछि सबैतिर निकै राम्रो प्रतिक्रिया आएको छ,’ उनले भने । अरु पार्टीले पनि सहकार्यको प्रस्ताव राखेको उनले ब्रिफिङ गेर।
भोलि र पर्सि बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका एजेण्डा तय गर्न बानेश्वरस्थित अर्पन पार्टी प्यालेसमा बैठक बसेको हो ।
बैठकमा पहिलोपटक झलनाथ खनाल पनि सहभभागी भएका छन् । यसअघि खनाल स्वाथ्य उपचारका दिल्लीमा रहेका कारण बैठकमा प्राय: अनुपस्थिति थिए । खनाललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।