काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले छैठौं विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौं विकेट लिएका हुन् ।
कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए ।
यससँगै नेपालका लागि डेब्यू गरेका तीव्र गतिका बलर विक्रम सोब, सन्दीप लामिछाने र कुशल मल्लले समान २–२ विकेट लिएका छन् ।
यसअघि पहिलो बलमै विक्रमले पिएनजीका सुरुवाती ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराए । दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा पीएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।
नेपालको लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले ११ ओभर ५ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको शातबाट आउट गराएका हुन् । चौथो विकेट कुशलको नाममा रह्यो ।
कुशलले १२ ओभर ५ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । सन्दीप लामिछानेले १९ ओभरको पहिलो बलमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं विकेट लिए । सन्दीपले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन् ।
यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो ।
२२ ओभर ५ बलमा कुशलले विकेट लिँदासम्म पिएनजीले ६ विकेट गुमाएर ९६ रन बनाएको छ ।
