काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिकित्सकको निगरानीमा राखिएको छ ।
दाहालको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि उनलाई चिकित्सकको निगरानीमा राखिएको हो ।
स्वास्थ्यकै कारण पनि उनीको महत्तरी जाने कार्यक्रम स्थगित भएको छ । हाल उनी निवासमा चिकित्सकको निगरानीमा रहेका हुन् ।
शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको कार्यक्रम थियो । कार्यक्रममा उपस्थिति नहुने भएपछि कार्यक्रम नै स्थगित गरिएको छ।