नेकपा एसको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एसको दोस्रो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । 

ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा सो बैठक केही बेरअघि सुरु भएको हो । शुक्रबार स्थायी कमिटी बैठक बसेको थियो । 

बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्यबारे बैठकलाई जानकारी गराउने कार्यक्रम छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.