जुम्लाबाट २२५ जना जिल्ला प्रतिनिधि छानिए

काठमाडौं । आगामी मंसिर १०-१२ सम्म चितवनमा हुने दशौँ महाधिवेशनका लागि जुम्लाबाट २२५ जना जिल्ला प्रतिनिधि र सात जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । 

प्रचार विभाग प्रमुख सुमन आचार्य एमाले जुम्लाका अनुसार दशौँ महाधिवेशन सफल पार्न जुम्लाका आठवटै स्थानीय तहबाट प्रतिनिधि छनोट सकिएको छ । 

एमाले जुम्लाले ६० वटै वडा कमिटी, नगर र गाउँपालिका स्तरीय कमिटी सर्वसम्मत चयन गरेको छ । समितिमा ७५१ महिला र २४४५ जना पुरुष गरी जम्मा ३१९६ जना चुनिएका छन् ।

संगठित सदस्यको आधारमा २२ प्रतिशत महिला, १३ प्रतिशत दलित, खुला र समावेशी गरि १५ बराबर १ जना जिल्ला प्रतिनिधि छनोट भएका छन् । एमाले दसौँ केन्द्रीय महाधिवेशनमा जुम्लाबाट ७ जना प्रतिनिधिले भाग लिने भएका छन् । खुलाबाट ४, महिला २ र १ जना दलित प्रतिनिधिले महाधिवेशनमा भाग लिने एमाले जुम्ला अध्यक्ष शान्तिलाल महतले बताए । जुम्लाको पार्टी फुटको कुनै असर नपरेको उनले दाबी गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.