अध्यक्ष मिश्रको पक्षमा ८० प्रतिशत छ भन्नेमा सत्यता छैन : पाण्डे (विज्ञप्तिसहित)

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीमा टपर्टुइयाँवाद हाबी भएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेले 'अध्यक्ष' रवीन्द्र मिश्रले आफ्नो पक्षमा ८० प्रतिशत समर्थन छ भन्ने दाबीमा सत्यता नरहेको बताउँदै उनले यस्तो बताएका हुन् ।

'गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, सामाजिक न्यायको आन्दोलनमा निरन्तर सडक संघर्ष गर्ने केही सचिवालय सदस्यहरू प्रकाशचन्द्र परियार, शोभा शाक्य, निरुपमा यादव, प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठलगायत साथीहरू पार्टी फुट रोक्न, पार्टीलाई ठिक दिशामा लगाउन भूमिका खेल्दै गर्दा उहाँहरूलाईसमेत आफ्नो पक्ष भनेर प्रचार गरिँदा उहाँहरूको राजनीतिक वैचारिक परिचयलाई नै धमिल्याउने र बिटुलो बनाउने काम भएको छ यो प्रवृत्तिबारे हामी सबै सचेत हुन जरुरी छ। तसर्थ, टपर्टुइयाँवादको पछि नलाग्न हामी सबै साथीहरूलाई अनुरोध गर्दछौँ,' पाण्डेद्वारा जारी सो विज्ञप्तिमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.