केपी ओलीको भण्डाफोर गर्नुपर्छ : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारको भण्डाफोर गर्नुपर्ने बताएका छन् । 

शनिबारबाट सुरु भएको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीलाई संबोधन गर्ने क्रममा खनालले यस्तो बताएका हुन् । 

गलत विचारको भण्डाफोर गर्न केन्द्रिय सदस्यलाई निर्देशन दिँदै उनले केपी ओलीमा मौलाएको अहंकारवादको धुजा-धुजा केलाएर खण्डन गर्न आह्वान गरे ।

सो क्रममा पार्टीमा दक्षिणवादी अवसरवादी ,व्यक्तिवाद, अहंकारवादको धुजा धुजा केलाएर खण्डन गर्नुपर्ने बताउँदै उनले ओलीले गुट मात्रै चलाएकाले दुईतिहाई बहुमतलाई सदुपयोग हुन नसकेको बताए । 

खनालले भने, ‘आम कार्यकर्ताको विचमा भण्डाफोर गर्नुपर्छ। बुर्जुवा संसदबाट मुक्त हुनुपर्छ,’ खनालले भने।

सो क्रममा जबज मार्गदर्शन बन्न नसक्ने बताउँदै उनले कम्युनिष्ट पार्टीको स्थापना भएपछि जनवादी क्रान्तिको थालनी भएको स्पष्ट पारे।

‘स्वरुपमा जति धेरै जनवाद जन्मिएपनि सारतः सबै जनताको बहुदलीय जनवाद हो। जबज भनेको पुजिवाँदी जनवादको एउटा रुप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ।’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘जबज मार्गदर्शन बन्न सक्दैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शन हो,’उनले भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.