काठमाडौैं । गैरीगाउँस्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरलिे पक्राउ गरेको छ ।
काठमाडौैंको गैरीगाउँस्तिथ भाडाको टहरामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
टहरामा कौडा खेलिरहेको सुचनाको आधारमा महानगरीय प्रहरी बौद्धबाट परिचालित प्रहरी टोलीले शुक्राबार राती पक्राउ गरिएको हो । कौडासहित खालबाट रु पाँच लाख ११ हजार ५ सय नगत बरामद गरिएको परिसरले जानकारी दिए ।