न्यायालय विवादमा कांग्रेसले तत्काल धारणा नबनाउने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले न्यायालय विवादमा तत्काल धारणा नबनाउने भएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकको निर्णयबमोजिम कांग्रेसले यस्तो निर्णय गरेको हो ।

पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको बताए ।

‘बैठकमा त्यसबारे छलफल भएको र नेताहरुले विभिन्न विचार राखे । तर, त्यसबारे कुनै निर्णय भएको छैन । न्यायालयको विवादमा सबैको ध्यानाकर्षण भएकै छ । त्यसबारे अहिले हामीले बोल्ने कुरा छैन । हामीभित्र छलफल भइरहेको छ । भोलि पनि हुनसक्छ । तर अहिलेको प्रस्ट कुरा भनेको न्यायालयभित्रैबाट निकास आउनुपर्छ भन्ने नै हो,’ महतले भने । 

तर, रामचन्द्र पौडेल पक्षीय नेताहरुले भने न्यायालय विवादमा धारणा सार्वजनिक गर्नुपर्छ भन्नेमा जोड दिएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.