काठमाडौं । चितवनमा नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशन २९ गतेसम्म चल्नेछ। महाधिवेशनको उद्घाटन महासचिव सिपी मैनालीले गरेका थिए ।
सो क्रममा उद्घाटनसत्रमा बोल्दै माले महासचिव सिपी मैनालीले एमाले र माओवादीले विगतमा एकता गरेर रत्यौली खेलेको टिप्पणी गरेका छन् ।
‘२०७४ सालमा एमाले–माओवादीले झण्डै दुईतिहाइ ल्याए, सबैले वाहवाह गरे’, उनले भने, ‘दुई वर्ष नपुग्दै तमासा देखाउन थाले, दुनियाँ खित्का छाडेर हाँसे, उनीहरुले रत्यौली खेले ।’
कम्युनिष्ट भए पनि कम्युनिष्टको सिद्धान्त र नीतिविपरीत कम्युनिष्टहरु हिँडेको उनको आरोप छ ।