पाल्पा । नेकपा एमाले पाल्पाले १०औं राष्ट्रिय महाधिवेशनका लागि १५ प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ ।
कार्त्तिक २७ गते नेकपा एमाले पाल्पाको बैठकबाट दुई वटा निर्वाचन क्षेत्र र उत्पीडित क्षेत्र गरि १५ प्रतिनिधि सर्वसम्मत चयन गरेको अध्यक्ष नारायणप्रसाद आचार्यले बताएका छन् ।
सर्वसम्मत रुपमा प्रतिनिधि चयनमा भुमिका खेल्ने नेतागण र निर्वाचन कमिटीप्रति पाल्पा कमिटीले हार्दिक धन्यवाद व्यक्त गर्दै प्रतिनिधिहरुको सूची सार्वजनिक गरेको छ ।
