काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ७३ जिल्लामा प्रतिनिधि चयन भएका छन् ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ७३ जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् ।
जनसंगठन र विशेष कमिटीका प्रतिनिधि चयन सकिएको बताउँदै तामाङले केन्द्रीय कार्यालय र विभागमा बाँकी रहेको जानकारी दिए । उनले भने, ‘ बाँकी आज साँझसम्म टुंगिन्छ ।’
चितवनमा हुने महाधिवेशनका लागि १९९९ प्रतिनिधि चयन हुँदैछन् । केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् ।