म एमालेमा गएकी छैन : नेतृ रञ्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी सुझारु नेतृ रञ्जु दर्शनाले आफू नेकपा एमालेमा नगएको बताएकी छिन् ।

आइतबार सामाजिक सञ्चालमार्फत् आफू नेकपा एमालेमा नगएको भनी स्पष्ट पारेकी हुन् । ‘मैले नेकपा एमाले प्रवेश गरेको छैन/होइन,’ उनले सामाजिक सञ्चालमा लेखेकी छन् । 

केही दिनअघि उनी नेकपा एमालेमा प्रवेश गरेको भन्ने समाचार आएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.