काठमाडौं । नेपाली कांग्रेसले प्रदेश महाधिवेशन सम्पन्नका लागि जिम्मा दिएको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले प्रदेश महाधिवेशनका लागि केन्द्रीय नेतालाई जिम्मा दिएको हो ।
प्रदेश महाधिवेशन सम्पन्नका लागि संयोजकको जिम्मेवारी पाउनेहरुमा प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडू छन् ।
कांग्रेस महाधिवेशन यही मंसिरका लागि तोकिएको छ । अहिलेसम्म कांग्रेस महाधिवेशन मिति पाँचौँ पटक तोकिएको छ ।