तेह्रथुम । नेकपा (एमाले) तेह्रथुमले १० औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन गरिएको हो ।
खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना, सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सिना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन् ।
दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएको जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए ।
सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ ।