न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वोच्चको एनेक्स हलमा छलफल हुने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थिए । तर, आजको बैठकमा १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए ।

सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजको छलफलबाट थप निर्णय हुने ठानिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानून व्यवसायीले अस्वीकार गरिसकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.