प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्छ : महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा महतोले यस्तो बताएका हुन् । ‘नेपाली जनताले न्याय पाइरहेको छैन, अदालत चलिरहेको छैन । अदालतको न्यायाधीश लगायत सारा कानून व्यवसायी आन्दोलनमा छ । सेटिङमा देश चलिरहेको छ । त्यसको जिम्मा प्रमुख प्रधानन्यायाधीशले लिनुपर्छ ।’ उनले भने  ।

सो क्रममा उनले न्यायालय फेल हुनु भनेको देश फेल हुनु बताउँदै उनले यो अवस्था आउन दिन नहुने बताए । 

‘अविलम्ब यसको निकास दिनुपर्छ । न्यायायलयजस्तो संस्थाको गरिमालाई बचाउन अविलम्ब उहाँले (प्रधानन्यायाधीशले) निकासचाहिँ दिनुपर्छ ।’ सो क्रममा उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.