शान्त बसेर देउवाले जवरालाई ऋण तिरेका हुन् ?

काठमाडौँ ।  ‘किरा करायो बोका हरायो’ भने झैँ प्रधानमन्त्रीले न्यायालयको विषयमा नोबल्नु र बोल्न नदिनुमा आशंका गर्न सकिन्छ । न्यायालय विवादमा देउवा नबोल्नुले सेटिङ छ, भन्ने कुरा बढ्दै गएको हो ।

यो आशंका गर्न यस कारण पनि सजिलो भएको छ कि देउवा सर्वोच्चले सिधै तोकेर प्रधानमन्त्री बन्नु पनि हाे । तर, अदालतको सेरोफेरोमा भने प्रसङ्ग फरक छ ।

अहिलेसम्म बारको आन्दोलनमा प्रहरीले २० जनालाई प्रकाउ गरिसकेको छ । तर, बारका अधिवक्ताहरुले जबराले भाडाको टटु लगाएको भनेर आरोप लगाएका छन् । यो आरोप भने आक्रोशपूर्ण छ । प्रहरी भाडा टटु होइनन् ।

लगातार अधिवक्ताहरुले आन्दोलन गरिरहदा सर्वोच्चको मुल गेट भने बन्द छ । सर्वसाधारण बताउने जबराका सुभेच्छुक समूह दैनिक जसो अधिवक्ताको आन्दोलन रोक्न सर्वोच्च परिसर आउने गरेका छन् । यी आउने कतै काङ्ग्रेसका कार्यकर्ता त हाेइनन् ?

विहान पक्राउ परेकाहरु दिउँसो छुटने भएकाले फेरि भोलिपल्ट पनि तिनै अनुहार दोहोरिने गरेको छ । सर्वसाधारण भनिने ती समूहलाई जबराले खटाएको भनेर बारले आरोप लगाए पनि यर्थाथ भने बाहिर आएको छैन ।

जबरा निरन्तर चोरबाटोबाट कार्यालय छिर्दै आएका छन् । बार गेट अगाडि धर्नामा बसेको हुँदा उनीले चतु¥याई देखाइरहेका छन् भने सर्वोच्च छिर्न नदिने भनेका बारका अधिवक्ताहरु चोर बाटो रोक्न भने गएका छैनन् । उनीहरु राजीनामा माग राख्दै सर्वोच्चमा आन्दोलनरत रहदा प्रहरीसँग भने मुडभेड हुने गरेको छ ।

आन्दोलनलाई कमजोर गर्न जबराले विज्ञप्ति निकाल्दै वार्तामा आउन आह्वान गरेका थिए । तर, बारका अधिवक्ताहरुले भने वार्ता नगर्ने बताएका छन् ।

'न्यायपालिकाको सुधार गर्नुपर्छ । न्यायलयको विकृति देशको हितमा छैन । बलियो न्यायपालिका नै देशको खम्बा हो । हाम्रो कार्यक्षेत्र भनेको न्यायपालिका हो । न्यायपालिका सुधारको उद्देश्यमा दलहरू पनि आउनु हुन्छ होला । हामीले दलहरुलाई यो गर, उ गर भन्न मिल्दैन । तर दलहरुको मौनता आश्चर्यजनक छ । प्रधानन्यायाधीशलाई दलहरूको संरक्षण छ कि भन्ने आशंका पनि छ । जबराको पक्षमा प्रदर्शन हुनु विकृति हो ।’ विज्ञप्तिपछि बारका अध्यक्ष बताउँछन् ।

गलत काम भइरहेको छ । प्रधानन्यायाधीश सच्चिए न्यायालय ८० प्रतिशत सुध्रन्छ भनिन्छ । प्रधानन्यायाधीशको राजीनामा बहुमत पु¥याउने खेल होइन । १० जनाले औंला उठाए भने औंला उठ्नु नै नैतिकताको प्रश्न हो ।

हामी कतैको पनि होइनौं । सर्वोच्च राम्रोसँग चल्दियोस् । हाम्रो अनुरोध के हो भने यथार्थ बुझौं र अगाडी बढौं । पहिला ६ बुँदे प्रधानन्यायाधीशले फैसला गरेको मुद्दामा पुनरावलोकन सर्वोच्चभित्रै हुँदैछ । बारका उपाध्यक्ष, पवन कुमार ओझा भन्छन् ।  न्यायालय शुद्धीकरण अभियान त चन्यो । प्रताडन खपेका साथीहरु पनि छन् । पहिला बोल्न सकिएन अब बोलौँ भनेर बोलेको हो ।

आजसम्म संसारमा यस्तो कहीँ भएको छैन होला । प्रधानन्यायाधीशलाई आरोप लाग्ने वित्तिक्कै कि उसले आफूलाई प्रमाणित गर्छ, कि राजीनामा दिन्छ । जुडिसियरीलाई स्वार्थको खेल बनाउनु भयो भने तलसम्म बिग्रन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.