लमजुङ । लमजुङ प्रहरीले बेसीसहर नगरपालिका– ११ रामचोकबेसीबाट जुवा खेल्दै गरेको अवस्थामा नौ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई सोमबार राति १ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नौ सय २५ रुपैयाँसहित १६ गोटी कौडासमेत बरामद गरेको छ । पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।