झालाई दिइयो लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार

सप्तरी । सप्तरीका पत्रकार बैद्यनाथ झा लक्ष्मी– मुक्ति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी प्रसाद भट्टराईले आफ्नो बाबुआमाको नाममा घोषणा गरेको पुरस्कारबाट मंगलबार झा सम्मानित भएका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले झालाई नगद पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा भट्टराईले आफूलाई जन्म दिने आमाबाबुको नाममा दुई वर्षदेखि पाँच हजार राशिको पुरस्कार प्रदान गर्दै आएकोमा अब कर्म दिने कान्छी आमा बालकुमारी भट्टराईको पनि नाम थपि पुरस्कार राशि सात हजार बनाएको बताए । उनले पुरस्कारको नाम पनि अब लक्ष्मी, मुक्ति–बालकुमारी स्मृति पत्रकारिता पुरस्कार हुने घोषणा गरे।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.