उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक चल्दै

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे तीन बजेदेखि बैठक सुरु भएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समिति रहेको सो समन्वय समितिको यो पहिलो बैठक हो । 

समिति राजनीतिक समस्या समाधान गर्ने उद्देश्यबमोजिम सो समिति बनेको हो । गठबन्धनको बैठकले कात्तिक २२ गते ५ दल र सरकारका प्रतिनिधिसमेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट संयोजक पौडेल नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्षका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य छन् । 

यस्तै, सरकारकारतर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सदस्य छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.