न्यायालय समस्या केही दिनमा हल हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले न्यायलय समस्या एक–दुई दिनभित्रै हुने विश्वास गरेका छन् । 

बुधबार महोत्तरी रामगोपालपुरमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । उनले न्यायालयको समस्या छिटोभन्दा छिटो अन्त्य गर्न गठबन्धनमा पनि छलफल भएको र सबैले आ–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

‘हामी पहल गरिरहेका छौं’, उनले भने, आशा गरौं, विवाद न्यायालयभित्रै सुल्झिन्छ ।’ न्यायालयभित्रै विवाद नमिले मात्र राजनीतिक हल गर्ने उनको भनाइ थियो ।

केही दिनयता न्यायालभित्र कानुन व्यवासयीको आन्दोलन जारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.