प्रदेशसभामा मुख्यमन्त्री राईले मागे विश्वासको मत

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत मागेका छन् ।

बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

अहिले प्रदेशसभा चलिरहेकाे छ । सभामा मुख्यमन्त्री राइले आफूलाई मत दिन आग्रह गरेका छन् । संविधान सम्मतकाे बनेकाे सरकार भएकाले पक्ष विपक्ष नभनी मत दिन राईले सांसदहरुलाई आग्रह गरेका हुन् ।  

यो आफैमा बहुमत सांसदहरुले बनेको सरकार भएको हुनाले तथा जनअपेक्षा अनुसार बनेको सरकार भएकाले विवेकशील माननीय सांसदले समर्थन गर्नु हुनेछ भन्ने विश्वास लिएको राइले सम्बोधनमा बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.