काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आफूले चलाएका अभियान चलाएको बताएका छन् । मंगलबार बाँकेमा आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस माओवादी भइसकेको बताउँदै अध्यक्ष ओलीले नेपालमा नेकपा एमाले मात्र जनताको विकासमा सक्रिय रहेको पार्टी रहेको बताए । ‘नेपालीकां कांग्रेस माओवादी भइसक्यो, कांग्रेस हिजोको विपीका पालाको जस्तो छैन । त्यसैगरी माओवादीको औचित्य पनि सकिएको छ,’उनले भने ।