काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘दल रूपान्तरण’सम्बन्धी अवधारणापत्र सार्वजनिक गरेका छन् ।
बुधबार पार्टीको आसन्न १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा प्रवक्ता शर्माले सो अवधारणा सार्वजनिक गरेका हुन् । यसअघि पनि शर्माले राजनीतिक दलसम्बन्धी एक दस्तावेज सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको अवधारणापत्रमा पार्टी र देश रूपान्तरणको सर्तलाई अघि सारिएको छ ।
महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका शर्माले आज चितवन पुगेर ‘दल रूपान्तरण, देश रूपान्तरणको अनिवार्य सर्त !’ सार्वजनिक गरेका हुन् ।