एमाले महाधिवेशनः स्वास्थ्यकर्मी संघबाट पाँच प्रतिनिधि सर्वसम्मत

काठमाडौं । चितवनमा आयोजना हुन गइरहेको नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आठ दिनपछि हुने महाधिवेशनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालबाट पाँच जना प्रतिनिधि चयन भएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार खुलातर्फ रामबहादुर चन्द, डा. झलक गौतम र डा। सन्तोष पौडेल छन् भने महिला कोटाबाट अन्जु बस्नेत र शारदा खनाल सर्वसम्मत चयन भएका छन् । एमालेको १०औँ महाधिवेशन चितवनमा १०–१२ मंसिरमा हुँदै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.