एमाले महाधिवेशनका लागि भारत प्रवासबाट पाँच जना प्रतिनिधि चयन

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन् ।

१०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।

जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.