काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा बृहत् प्रदर्शन गर्दैछन् । ललितपुरको ग्वार्कोचोकबाट काठमाडौंको माइतिघरलाई आधार बनाएर युवा संघ नेपालले बृहत बाईक र्याली निकाल्न लागेको हो ।
चितवनमा हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर प्रचार प्रसारको लागि युवा संघ नेपालले बृहत् र्यालीको आयोजना गरेको युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले क्विक नेपाललाई बताए ।
युवा संघको र्यालीमा नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन अनुरोध गर्ने नाराहरु पनि प्रस्तुत हुनेछ । यस्तै नेकपा एमालेको प्रचार प्रसार सहित महाधिवेशनमा बढि भन्दा बढि कार्यकर्ताको उपस्थिती बनाउन युवा संघले यस्तो अभियान संचालन गरेको हो ।
र्यालीमा उपत्यकाका तीनै जिल्लाका यूवा संघका कमिटी, युवा विशेष जिल्ला कमिटी, अखिल र युवा संघको केन्द्रीय कमिटी सहभागी हुदैछ । हजारौंको संख्यामा बाईक र्याली ललितपुरको ग्वार्को र सातदोबाटो क्षेत्रबाट शुरु भएको छ ।
एमालेले चितवनमा मंसिर १० गते ७ लाख बढि कार्यकताको उपस्थिती गराउने लक्ष्य राखेको छ । मंसिर १० देखि १२ गतेसम्म एमाले महाधिवेशन संचालन हुनेछ ।
एमाले महाधिवेशनको पूर्व सन्ध्यामा युवा संघको बृहत् बाईक र्याली (लाईभ भिडियो)
https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=265528532300327