किन गर्ने ‘नेतृत्व परिवर्तन नगर्ने महाधिवेशन’ ?

सदस्य संख्या र विरासतका हिसाबले ठूलो र पुरानो नेपाली काङ्ग्रेसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको गुनासो सुनिन्छ । काङ्ग्रेसको तुलनामा कम्युनिष्ट शक्तिले राष्ट्रियतालाई मजबुत बनाएको धेरैको बुझाई रहेको छ ।

काठमाडाैँ ।  नेपालका ठूलादेखि साना पार्टीहरु अहिले महाधिवेशनमा तयारीमा छन् । स्थानीय तहको निर्वाचन आउन केही समय मात्रै बाँकी छ । यसले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सबै दलहरु लागिपरेका छन् ।

महाधिवेशनलाई केन्द्रित गरेर सबै पार्टीहरुले आफ्ना सदस्यता विवरण अद्यावधि गरेका छन् । सत्ता सञ्चालनमा गठबन्धन बनाए पनि अहिले महाधिवेशनमा सबै आ–आफ्नै काममा व्यस्त छन् ।

सदस्यता र प्रतिनिधि कुन दलकाे छ, धेरै ?

माओवादीको अहिलेसम्मको तथ्याङ्क हेर्दा नवीकरण गरिएको सदस्यता दर्ता भएको ५ लाख ६८ हजार छ । भने पुषमा हुने सम्मेलनमा प्रत्येक जिल्ला तथा प्रदेशका काठमाडौंमा १७ सय प्रतिनिधि उपस्थित हुनेछन् । माओवादीका निर्वाचन आयोग प्रमुख विष्णु पुकार श्रेष्ठले क्विक नेपाललाई जानकारी दिए ।

नेकपा एमालेको १० औं महाधिवेशनको लागि नवीकरण गरिएका संगठित सदस्य ८ लाखको हाराहारीमा पुगेको छ । प्रत्येक जिल्ला र विभिन्न संगठनबाट २ हजार प्रतिनिधि चितवनमा उपस्थित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशनमा नवीकरण भएको क्रियाशील सदस्य ८ लाख ७५ हजारभन्दा धेरै देखिन्छ । काठमाडौँम हुने महाधिवेशनमा प्रत्येक जिल्लाबाट र अन्य संगठनबाट ४८ सयको हाराहारीमा प्रतिनिधि उपस्थित हुने नेपाली कांग्रेसका निवाचन समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । यतिबेला कांग्रेस जिल्ला अधिवेशन सकेर प्रदेश अधिवेशन गरिरहेको छ ।

को–को छन्, अध्यक्षका आकांक्षी ?

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा आधा दर्जन नेताहरुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यो पटम शेरबहादुर देउवा दोहो¥याउने सोचमा छन् ।

रामचन्द्र पौडेल, प्रकाशमान सिँह, शेखर कोइरला, शशांक कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ जस्ता नेताहरुले उम्मेदवारी दिने चर्चा चुलिएको छ ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने प्रक्षेपण गर्नु नन्यथा हुँदैन । माधव नेपाल र झलनाथले अर्कै पार्टी गठन भएपछि उनलाई चुनैति दिने कोही नदेखिएका हुन् ।

भिम रावल र घनश्याम भुषालले अध्यक्ष उठ्ने बताएपनि उनीहरु ओलीलाई चुनौति दिने नेताको रुपमा मानिँदैनन् ।

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्डको विकल्प छैन । महासचिवमा भने विभिन्न नामहरु बाहिर आएको छ । पछिल्लो समय विप्लबलाई भित्र्याएर महासचिव बनाउने चर्चा पनि चुलिएको छ । यसमा प्रवक्ता कृष्णबहादुर महराले भूमिका खेलिरहेको बुझिन्छ ।

किन छ, ठूलो दलको कमजोर भूमिका ?

सदस्य संख्या र विरासतका हिसाबले ठूलो र पुरानो नेपाली काङ्ग्रेसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको मत सुनिन्छ । काङ्ग्रेसको तुलनामा कम्युनिष्ट शक्तिले राष्ट्रियतालाई मजबुत बनाएको धेरैको बुझाई रहेको पाइन्छ ।

नेपाली कांग्रेसको नेपाली राजनीतिमा अग्रणी र नेतृत्वदायी भूमिका रहेको नेता गुरु घिमिरे बताउँछन् । नेपाली काङ्ग्रेसले परिवर्तनलाई सार्थक तुल्याएको छ । नेपालको हरेक संघर्षको नेतृत्वसँगै हरेक निर्वाचनको पनि नेतृत्व कांग्रेसले नै गरेको छ ।

कांग्रेसबाहेक अपवादमा एक चोटी २०७० सालमा संविधान सभाको निर्वाचन मात्र एक पटक भएको हो । २०१५ सालदेखि २०७४ सालसम्म भएका निर्वाचनमा नेपाली कांग्रेसले नै नेतृत्व गरेको छ ।

पछिल्लो चरणमा कांग्रेस सिद्धान्तबाट, समाजवादी दृष्टिकोणबाट लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित भएन । कांग्रेस नीतिभन्दा पनि नेता केन्द्रित भएर गयो । यसकारण नेपाली राजनीतिमा नेपाली कांग्रेसको भूमिका खस्केको विश्लेषक राजेन्द्र चापागाईको बुझाई छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.