काठमाडौं । कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा साविक विजेता फ्रान्सले स्ट्राइकर एन्टोइन ग्रिजम्यानको दुई गोल सहयोगमा सहज जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २(० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजम्यानले गरे । उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए ।
यस्तै राति नै भएको समूह ुडीुको खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २(२ गोलको बराबरी खेले ।
समुह ‘डि’ मा ६ खेलबाट १२ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा छ । समान पाँच खेलबाट पाँच अंक बनाएका युक्रेन र फिनल्यान्डको समान पाँच अंक रहँदा क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमशस् चौथो र पाँचौ स्थानमा छन् ।