काठमाडौं । दाङमा बाघको छालासहित दुईजना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१६ गडुवाबाट १ थान बाघको छालासहित तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ३१ वर्षीय महेश खडका समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.२ प.२६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त छालासहित पक्राउ गरेको हो ।