मुस्ताङमा जिप दुर्घटना पाँच जना घाइते

पोखरा । मुस्ताङको जोमसोमबाट म्याग्दीको बेनी आउँदै गरेका जिप दुर्घटनामा परि पाँच जना घाइते भएका छन।

ग१ज ७७०३ नम्बरको जिप आज बिहान ५ बजे मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचे नजिकै भन्सिङ भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब ३० मिटर तल खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाइतेमध्ये दुई जना सैनिक उच्च शिखर शिक्षालय कैसाङ मुस्ताङमा कार्यरत कर्मचारी छन् ।

घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको जहाजमार्फत काठमाडौँ लगिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.