गोलाप्रथाबाट पेसी तोक्न बाटो खुल्यो, सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्चले भोली मंगलवार पूर्ण बैठक राख्ने तयारी गरेको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न पूर्ण बैठक राख्ने तयारी सर्बोच्च अदालतले गरेको हो । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि पूर्ण बैठक राख्न लागिएको हो ।

गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन बैठक बस्न लागेको बुmिभएको छ ।

समितिमा प्रधानन्यायाधीश र दुईजना वरिष्ठतम् न्यायाधीश तथा मुख्य रजिष्ट्रार गरी ४ सदस्य रहने उल्लेख छ । त्यसै निर्देशिकालाई कार्यान्वयनका लागि बैठकले निर्णय गर्नेछ ।

सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । नियमावली, २०७८ प्रकाशन पछि सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ ।

यसलाई कार्यन्वयन गर्ने नगर्ने पूर्ण बैठकले निर्णय गर्नेछ । गोलाप्रथाबाट पेसी तोक्न सर्बोच्चमा लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.