साउथगेटले गरे इंग्ल्याण्डसँग सम्झौता नवीकरण

काठमाडौं । इंग्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटले सन् २०२४ सम्म रहने गरि इंग्ल्याण्ड फुटबल टोलीसँग सम्झौता नवीकरण गरेका छन् । ५१ वर्षीय प्रशिक्षक साउथगेटले सन् २०२४ डिसेम्बरसम्म टोलीसँगै रहने निर्णय गरेका हुन् ।

यसअघि उनको सम्झौता कतार विश्वकप २०२२ सम्म रहेको थियो । साउथगेटले २०१६ नोभेम्बरबाट इंंग्ल्याण्डको राष्ट्रिय टोली हेर्दै आएका थिए ।

उनको नेतृत्वमा इंग्ल्याण्ड पुरुष टोलीले ५५ बर्षपछि उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२० को युरो कपको फाइनल खेलेको थियो । यस्तै इंग्ल्याण्डले २८ वर्षपछि साउथगेटको नेतृत्वमा २०१८ को विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।

‘यो अवसर पाउनु ठुलो अवसर हो,’ साउथगेटले भनेका छन् ।

सम्झौतासँगै साउथगेटले कतार विश्वकपका खेल र युरो कप २०२४ कालागि टोलीको प्रशिषण समाल्नेछन् । सहायक प्रशिक्षक स्टेभ हल्याण्डले समेत २०२४ सम्म सँगै रहने सम्झौतामा सहमती जनाएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.