दुई लाख रुपैयाँ बराबरको अवैध सामान बरामद
प्रहरीले उदयपुरको कटारी नगरपालिका- १ बेलश्रोतमा बिलबिनाको करिब दुई लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ ।

उदयपुर ।  प्रहरीले उदयपुरको कटारी नगरपालिका- १ बेलश्रोतमा बिलबिनाको करिब दुई लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ । विराटनगरबाट कटारीतर्फ आउँदै गरेको को१ख ७७९५ को नम्बरको यात्रुबाहक बस जाँचको क्रममा मंगलबार प्रहरी चौकी बेलश्रोतले बसको डिकीबाट सामान उक्त परिमाणको सामान बरामद गरेको हो ।

बसको डिकीमा बरामद भएका लत्ता कपडा, औषधि गरी करिब दुई लाख रुपैयाँ बराबरका सामग्रीहरू भ्याट बिलबिनाका रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरू कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय लहानमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.