कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र निर्वाचित

इलाम । नेपाली कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका छन् ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष रहेका डिकेन्द्रले तीन प्रतिस्पर्धीलाई हराएका हुन् । इधिङ्गोले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नुतनदेव दुलालले २ सय ९८ मत पाए ।

क्षेत्रीय सभापतिका उम्मेदवार नरेश श्रेष्ठले १ सय ८८ र मनबहादुर बुढाथोकीले ७४ मत पाए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.