बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारी साधन एक-आपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् ।
काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका ४ मुर्गियामा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा दुबै सवारी साधनका चार चार जना यात्रु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।