तेह्रथुममा हेलिकप्टरबाट सुत्केरीको उद्धार
शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । छथर गाउँपालिका,२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।

स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी कार्कीको शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

राष्ट्रपती सुत्केरी उद्धार कार्यक्रम अन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

उद्धार गरिएकी महिला र नवजात शिशुलाई बिराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.