मनाङका स्थानीय तहमा छैनन् प्रशासकीय प्रमुख
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले १ असारको बाढीले सडक अवरुद्ध हुँदा कर्मचारी आउन ढिलाइ भएको बताए ।

लमजुङ । हिमाली जिल्ला मनाङका स्थानीय तह प्रमुख प्रशासकीयविहीन छन् । चार स्थानीय तह रहेको मनाङको नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले १ असारको बाढीले सडक अवरुद्ध हुँदा कर्मचारी आउन ढिलाइ भएको बताए । उनले भने, 'सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन् ।'

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको योजना सम्झौता लगायतका काम गर्न समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनले भने, 'डेढ महिनादेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.