पुनरामगन जितसँगै संकटा शीर्षस्थानमा

काठमाडौं । पुनरागमन जितसँगै संकटा क्लब सहिद स्मारक एु डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई २१ गोलले पराजित गरेको हो ।

फ्रेण्ड्सलाई दबाबमा राखे पनि संकटा पहिलो हाफमा १–० ले पछि परेको थियो । ५७औं मिनेटमा नरिज बस्नेतको गोलसँगै बराबरीमा फर्किएको संकटाका फोडे फोफनाको गोलसँगै ८६औं मिनेटमा २(१ को अग्रता बनाएको थियो ।

फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले ४२ औं मिनेटमा पेनाल्टी एरियाको ‘एज’बाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको संकटाले ५७औं मिनेटमा नीरज बस्नेतको गोलसँगै खेलमा बराबरी गरेको थियो । मिडफिल्डर सुभाष गुरुङले बायाँतर्फबाट कर्नरमा दिएको क्रसमा बस्नेतले ६ यार्ड बक्स बाहिरबाट हेडरमार्फत प्रहार गर्दै गोल गरेका थिए ।

जितसँगै संकटा क्लब लिगका सुरुआति दुई खेलबाट चार अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, संकटा हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

समान ४ अंक भए पनि संकटा गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो । शुक्रबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री–स्टारलाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।

भोलि हुने पहिलो खेलमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबसँग खेल्ने छ । यस्तै, दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.