काठमाडौं । नेकपा एमालेले पार्टीमा रहने पदाधिकारीको संख्या बढाएको छ । पार्टीभित्र पदाधिकारीका लागि आकांक्षी धेरै भएसँगै शुक्रबार राति बसेको एमाले केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या बढाएको हो । बैठक राति आठ बजे बस्ने भनिएकोमा १२: १० मा बसेको थियो ।
नेता शेरबहादुर तामाङका अनुसार बैठकले ओलीको प्रस्ताव अनुसार पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार एमालेमा अब निम्न पदाधिकारी हुनेछन् :
केन्द्रीय कमिटी : ३०१ जना
पोलिट्ब्युरो सदस्य ९९ जना
स्थायी कमिटी ४५ जना
पदाधिकारी
सचिवालय : १९ जना
अध्यक्षमा १ जना
वरिष्ठ उपाध्यक्षमा १ जना
उपाध्यक्ष ६ जना
महासचिवमा १ जना
उपमहासचिवमा ३ जना
सचिव ७ जना
उपाध्यक्ष ६ जना
उपमहासचिव ३ जना
केन्द्रीय सदस्य ३०१ जना