काठमाडौं । बन्दसत्रअघि सहमतिका लागि बसेको नेकपा एमाले शीर्ष नेताको बैठकविना निष्कर्ष टुंगिएको छ ।
शुक्रबार राति पद तथा नेता व्यवस्थापनका लागि बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाएसँगै सहमतिका लागि बसेको शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
एमालेमा विगतदेखि आफूलाई साथ दिँदै आएका नेताहरूले ओलीले शनिबार बिहान १० औँ महाधिवेशनको बन्दसत्रस्थल होटल पार्क सफारीमा छलफल गरेका हुन् ।
नेतृत्वमा सहमतिका लागि छलफल भएको तर सहमति भने हुन सकेन । उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी दोहोर्याएका छन् । त्यस्तै, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन् ।
महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । उनीहरू पछि नहट्दा सहमति हुन नसकेको हो ।