काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक अन्य पद सहमतिमा टुंग्याउने भएको छ।
युवा नेता महेश बस्नेतका अनुसार यतिखेर अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारीको सूची तयार पारिरहेका छन् ।
‘सबै आकांक्षीले दाबी छोडिसक्यौ । ओली जीले लिस्ट ल्याउँदै हुनुहुन्छ । यो पद त्यो पद भन्ने भएन कुनै पदमा दाबी भन्ने भएन । उपमहासचिवका आकांक्षीका कुरा १० लाखको हाराहारीमा कार्यकर्ता भेला भए । ओलीको नेतृत्वमा समृद्धि सम्भव छ । अध्यक्ष ज्यूले जे घोषणा गर्नुहुन्छ त्यसलाई मानेर जाने । २३ सय प्रतिनिधिले सोही निर्णय गरेका छन्,’ क्विक नेपालसँगै बस्नेतले भने ।
शुक्रबारबाट चितवनमा एमाले महाधिवेशन जारी छ । पार्टीभित्रै नेतृत्वका आकांक्षीको संख्या धेरै छ । जसका कारण शुक्रबार राति पदाधिकारी व्यवस्थापनका लगि बैठक बसी पदाधिकारीको संख्या बढाएको थियो । त्यसैगरी केहीबेर अघि मात्रै नेतृत्व चयनका लागि सहमति गर्न शीर्षस्थ नेताको बैठक बसेको थियो ।