नेपालमा वामपन्थी शक्ति विकासमा एमालेको महत्वपूर्ण भूमिका छ : चिनियाँ कम्युनिस्ट पार्टी

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)ले नेकपा एमालेले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा विकासको मार्ग पहिल्याएको बताएको छ । 

एमालेको १०औँ महाधिवेशनमा सन्देशमार्फत् सिपिसीले सो कुरा उल्लेख गरेको हो ।

सिपिसी केन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ ।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।

सन्देश भनिएको छ, ‘ती उपलब्धि र सिकाइलाई हामी आदानप्रदान गर्न चाहन्छौं ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.