काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले शान्ति प्रक्रिया टुंग्याउन नसक्ने बताएका छन् । शनिबार बन्दसत्रलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा उनले शान्त्रि प्रक्रियाबारे प्रचण्डको फरक मत रहेको बताउँदै शान्ति प्रक्रिया टुंग्याउन नेकपा एमालेको सरकार अपरिहार्य भएको बताएका छन् ।
हामीले पृथकतावाद र हिंसाको अन्त्य गरेको बताउँदै वर्तमान संविधान सर्वस्वीकार्य भएको बताउँदै उनले अब संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।