एमालेले लिने नीति नै राष्ट्रिय नीति हुन् : ओली

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले लिने नीति नै राष्ट्रिय,विकास, परराष्ट्र नीति हुने बताएका छन् । 

शनिबार १०औँ महाधिवेशनको बन्दसत्रलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले नेकपा एमाले लिने नीति नै सुशासन व्यवस्था, राजनीतिक आर्थिक र सामाजिक मर्गदर्शक भएको बताउँदै एमालेले लिएको नीति अरु दलले अवलम्बन गर्न बाध्य हुने बताए ।

सो क्रममा उनले भने, ‘तपाईंहरु गठबन्धनप्रति चिन्ता नलिनुस् । ५ वटा वा १० वटा मिले पनि हामीलाई कुनै प्रवाह हुँदैन । हाम्रो पार्टी जनताको पार्टी हो । हामी जनपुत्र हौँ । हामीले यी सबै समस्या समाधान गरेर अघि बढ्नुपर्छ । खराब तत्व संख्यामा बढी देखिन्छन । हामी थोरै हौला । तर, हामी देशभक्त भएका कारण हामी थोरै देखिए पनि हामीमा अथाह शक्ति छ ।  हामी सबैको भलो चाहन्छौँ । तसर्थ हामी अब्बल छौँ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.