चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्ध बिगारेको आरोप लगाएका छन् ।
एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए । कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘सरकारले सन्तुलित छिमेक म्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’
त्यस्तै ‘नेपाली काँग्रेसका तत्कालीन सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएर भारत जाँदा नेपालको उत्तरको सिमानामा १७ वटा चेकपोस्ट राख्ने सम्झौता गरेर हाम्रो राष्ट्रियता, हाम्रो स्वाभिमानमाथि हमला गरी फर्किएका थिए ।’ उनले भने ।